के छन् एजेन्डा ?
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । मन्त्रिपरिषद् पूर्णता, उपनिर्वाचन, समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान १०:०० बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने भएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले भनेका छन्, ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’
यसअघि बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम चयन गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ ०६:३०













