बझाङको खिराताडीमा भूकम्पको धक्का महसुस

काठमाडौं— बझाङको खिराताडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत साउन ३ गते विहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० ०६:१२













