मौसम : शुक्रबार गण्डकी प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाडौं— शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । देशको पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको रहने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्ज/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० ०६:०२













