News Griha :: न्यूजगृह
फेसबुक आईडी ह्याक गरेर रकम ठगी गर्ने ५ पक्राउ

काठमाडौं— विभिन्न व्यक्तिहरूको फेसबुक आईडी ह्याक गरी रकम ठगी गर्ने समूहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । 

बिहीबार उनीहरू सबैलाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रको रेसुंगा बुटवल गेस्ट हाउसमा कोठा भाडामा लिएर बसेको अवस्था पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

प्रहरीकाअनुसार यो समूहले फेसबुक आईडी ह्याक गरेर उनीहरूको साथीलाई म्यासेन्जरबाट म्यासेज गरी ईसेवा र खल्तीजस्ता वालेटहरूमा पैसा हाल्न लगाई ठगी गर्ने गरेका थिए ।

उनीहरूलाई नियन्त्रणमा लिएर ठगी तथा विद्युतीय कारोबोर ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  २०:५७
Weather Update