News Griha :: न्यूजगृह
‘हाम्रो शिक्षा प्रविधिमैत्री बन्न सकेन’

सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् ।

गल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन विमोचन कार्यक्रममा उनले शिक्षा समग्र चीजको आर्थिक आधार एवम् मूल जग भएको बताए ।

पछिल्लो समय शिक्षा श्रमबाट विमुख भएको पनि उनको भनाइ छ ।

‘हाम्रो शिक्षा प्रविधिमैत्री बन्न सकेन । यसबाट व्यक्तिको चरित्र निर्माण गर्न भएन । यसमा विनियोजित बजेटको समेत परिचालन सहि तरिकाले हुन सकेन । तसर्थ व्यवस्थापकीय र सञ्चालन क्षमता बढाउन आवश्यक छ,’मुख्यमन्त्री शर्माले भने ।

शिक्षाको आमूल परिवर्तनका लागि तीनै तहका सरकारहरुले नीतिगत र व्यवस्थापकीय तहबाट सुधार गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०६:२१
Weather Update