News Griha :: न्यूजगृह
संसदीय समितिमा आरजुको प्रश्न— लम्की स्किन रोग मान्छेमा पनि सर्छ कि क्या हो ?

काठमाडौं— नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सरकारले पशुमा लाग्ने रोगहरूको अनुसन्धान गर्न जरुरी रहेको बताएकी छिन् ।

बिहीबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद राणाले अहिले पशुहरूमा विभिन्न रोगहरू लागिरहेको भन्दै अनुसन्धान गर्न जरुरी रहेको बताएकी हुन् ।

उनले उपयुक्त पशु ल्याब स्थापना गर्न सरकारलाई सुझाव दिइन् । नेपाललाई कृषि प्रधान देश भनिए पनि उपयुक्त पशु ल्याब नहुनु दुःखद् पक्ष रहेको राणाले बताइन् । सांसद राणाले यो रोग मान्छेमा पनि सर्छ की क्या हो ? भन्दै प्रश्न गरिन् ।

उनले भनिन्,‘भ्याक्सिनका लागि ल्याब तयार पार्न मन्त्रीज्यूले शून्य बजेट छ भन्नुभएको छ । पशु ल्याब ल्याउन सरकारलाई सुझाव दिनुपर्ने देख्छु । हामी कृषि प्रधान देश भन्छौं तर पशु स्वास्थ्य ल्याब राम्रो छैन भनिरहेका छौँ । यो रोगपछि के-के आउँछ त ? सरकारले पशुमा लाग्ने रोगहरूको अनुसन्धान गर्न जरुरी छ । मलाई के लाग्यो भने यो रोग मान्छेमा पनि सर्छ कि क्या हो । धेरै रोगहरू जलवायु परिवर्तनले गर्दा लाग्ने गरेका छन् । ह्युमन ट्रान्सफर हुने चान्स पनि देखिइरहेको छ ।’

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १९:१८
Weather Update