ललिता निवास, नक्कली भुटानी शरणार्थी र सुन काण्डको फाइल खोले धेरै नेताहरू जेल जान्छन् : लामिछाने

इलाम— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ललिता निवास, नक्कली भुटानी शरणार्थी र सुन काण्डको सबै फाइल खोल्ने हो भने देशमा सीमित नेतामात्र ‘चोखो’ रहने टिप्पणी गरेका छन् ।
बिहीबार इलामको फिक्कलमा आयोजित पार्टीको कार्यक्रममा सभापति लामिछानेले मुख्यगरी यी तीन काण्डको फाइल पेज १ देखि अन्तिमसम्मै खोल्ने हो भने औंलामा गन्न सकिने नेतामात्र रहेर अरू सबै जेल जाने अवस्था रहेको बताए ।
सभापति लामिछानले २०८४ सालमा हुने आम निर्वाचनमा आफ्नो पार्टीलाई भोट दिएर हेर्न आग्रह गरे ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १९:०७













