राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनी शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् । राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा २०७९/१२/१८ को साँझ भर्ना हुनुभएको छ । हाल उहाँ चिकित्सकको निगरानीमा हुनुहुन्छ,’अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९ २२:११













