प्रस्तावित शिक्षा ऐनविरुद्ध शिक्षक महासंघ पर्साको धर्ना

काठमाडौं— नेपाल शिक्षक महासंघ पर्साले प्रस्तावित संघीय शिक्षा ऐन शिक्षक तथा कर्मचारीको हकहित विपरित रहेको भन्दै मंगलबार जिल्ला विकास तथा समन्वय इकाईमा धर्ना दिएको छ ।
सो धर्नामा दुई हजार पाँच सय शिक्षक तथा कर्मचारी उपस्थित थिए । पर्साका सम्पूर्ण शिक्षक तथा कर्मचारीको र्याली प्लेकार्डसहित वीरगंजको सिद्धार्थ मा.वि.देखि घण्टाघर हुँदै जिल्ला विकास तथा समन्वय इकाई पर्सा पुगेको थियो ।
सो क्रममा उनीहरूले समन्वय इकाई प्रमुखलाई ज्ञापनपत्र बुझाए ।
संघीय शिक्षा ऐनको मस्यौदालाई संसदमा टेबुल गर्ने तयारी गरिएको छ । मस्यौदामा शिक्षक तथा कर्मचारीका मुद्दा ओझेलमा पार्न खोजिएको भन्दै शिक्षक महासंघले आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० ०६:५७













