News Griha :: न्यूजगृह
मौसम : देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान 

काठमाडौं— देशका केही स्थानमा बुधबार भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी  तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । भारी वर्षा हुँदा नदीको जलसतह बढ्ने, गेग्रान बहाब, बाढीपहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०६:३३
Weather Update