क्वार्ज क्रिष्टल गोरखा दरबारमै राख्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

काठमाडौं— मन्त्रिपरिषद् बैठकले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्वार्ज क्रिष्टल) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले क्वार्ज क्रिष्टल गोरखा दरबारमै राख्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
उनले भने,‘त्यो स्टोन संरक्षण गर्ने व्यक्तिलाई धन्यवाद दिँदै उसलाई पुरस्कृत गर्ने र गोरखा दरबारमै राख्ने निर्णय भएको छ ।’
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० २१:३६