News Griha :: न्यूजगृह
पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं— नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ मूल्य मंगलबार राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले विज्ञप्तिमार्फत जनाएका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २१:०६
Weather Update