News Griha :: न्यूजगृह
सुन प्रकरणमा सरकारमा नभएकाहरूले अनुसन्धान रोक्न खोजे, नेता, कर्मचारी र प्रहरीकाे पनि संलग्नता देखियाे : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा वर्तमान सरकारमा नभएकाहरूले अनुसन्धान रोक्न खोजेको बताएका छन् ।  बालुवाटारमा मंगलबार सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले सो जानकारी दिएका हुन् ।

उनले भने, ‘सुनको अनुसन्धानलाई कसै न कसैले रोक्न खोजेको छ । जो सरकारमा छैन । एअरपोर्टबाट दिनदिनै सय केजी सुन तस्करी हुन्छ । एउटा देशबाट आउँछ, अर्कोमा जान्छ । त्यो ६० केजी पक्रिएपछि धेरै ठूलो संलग्नता देखिएपछि सीआईबीलाई दिइएको हो ।’

उनले नेता, कर्मचारी र प्रहरीसहितका ठूला मान्छेहरूको पनि संलग्नता देखिएको खुलाए । प्रधानमन्त्री दाहालले भने,‘सुन प्रकरणमा ठूला ठूला मान्छे संलग्न देखिन्छ । कर्मचारी नेता र पुलिस पनि ।’

 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १९:४९
Weather Update