News Griha :: न्यूजगृह
जाँचबुझ आयोग गठन गर्ने सरकारको प्रतिबद्धतापछि मिटरब्याज पीडितको आन्दोलन फिर्ता

काठमाडौं— मिटरब्याज पीडितले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तापछि पीडितले आन्दोलन फिर्ता लिन सहमति जनाएका हुन् ।

सरकारले मिटरब्याज पीडितका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो । सरकार र पीडितबीच पाँच बुँदे सहमति भएको छ ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव प्रदीप कोइराला, उपसचिव जंगबहादुर डाँगी, उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक दिनेराज मैनाली र उपसचिव दिलकुमार तामाङले हस्ताक्षर गरेका छन् ।

यस्तै पीडितको तर्फबाट वार्ता समितिका संयोजक मनोज पासवान तथा सदस्यहरू श्यामकुमार चौधरी, संघर्ष  दाहाल, रामरिझन यादव र छेदिलाल पासवानले हस्ताक्षर गरेका छन् ।

mitarbyaj1680356608.jpg

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १८:४७
Weather Update