News Griha :: न्यूजगृह
बजेट अभावमा विद्यालय भवन अलपत्र

नवलपुर— नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु–३ मा बजेट अभावले विद्यालय भवन अलपत्र बनेको छ । बह्म प्राथमिक विद्यालयको निर्माणाधीन दुई कोठे पक्की भवन बजेट अभावले अलपत्र बनेको हो ।

विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट बजेट परेर सुरु गरिएको भवन निर्माण बजेट निकासा हुन नसकेपछि निर्माण अधुरो बनेको बताए ।

‘यस आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी हामीले काम गरेका थियौँ’, उनले भने,‘थप बजेट निकासा नभएपछि भवन निर्माण पूरा गर्न सकिएन ।’

जम्मा रु १८ लाखको योजनामा निर्माणाधीन भवनलाई पूर्णता दिन अझ रु आठ लाख आवश्यक परेको केसीले बताए ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १८:३९
Weather Update