News Griha :: न्यूजगृह
शनिबार देशभर ३८ जना कोरोना संक्रमित

काठमाडौं— शनिबार देशभर ३८ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घण्टामा गरिएको ६५६ जनाको नमुना परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै हाल देशभर कोभिडका सक्रिय संक्रमितको संख्या १७१ पुगेको छ । यस्तै आज ७ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

यस्तै शनिबार ५१ हजार ९९८ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । पछिल्ला दिनमा नेपालमा कोभिड संक्रमितको संख्या पुनः बढ्दै गएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १८:२६
Weather Update