News Griha :: न्यूजगृह
वन रक्षक पदमा जागिरको अवसर

काठमाडौं— कर्णाली प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा ५२ जनाका लागि आवेदन खुलाएको छ ।

प्रदेश सरकारअन्तर्गत विभिन्न कार्यालयमा रिक्त रहेको वन सेवा, जनरल फरेष्ट्री समूहका तहविहीन वन रक्षक पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि आवेदन खुला गरेको आयोगले बताएको छ ।

वन, जनरल फरेष्ट्रीका लागि खुलातर्फ २९, समावेशी समूहतर्फ महिला ८, आदिवासी जनजाति ६, मधेसी ५ जनाका लागि आवेदन खुला गरिएको छ ।

दलिततर्फ २, पछाडि पारिएको क्षेत्र र अपाङ्गताबाट १/१ जना पदपूर्ति गर्ने गरी आवेदन खुला गरिएको सूचनामा उल्लेख छ ।

भदौ १८ गतेसम्म ३०० रुपैयाँ (समावेशी समूहतर्फ पनि भर्ने भए थप १०० रुपैयाँ) तिरर दरखास्त दिन भनिएको छ । भदौ २५ गतेसम्म दोब्बर दस्तुर तिरेर भर्न सकिने पनि आयोगले जानकारी दिएको छ ।

परीक्षा कर्णाली प्रदेशमै हुने छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०७:५६
Weather Update