यसरी हेर्न सकिन्छ कक्षा १२ को रिजल्ट

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।
बोर्डका सहसचिव एवम् प्रवक्ता जंगबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भइरहेको जानकारी दिए ।
बोर्डले साउनभित्रमै परीक्षाफल प्रकाशन गरिसक्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल टेलिकमले आईभीआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० ०६:५५













