News Griha :: न्यूजगृह
मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा

काठमाडौं— देशका विभिन्न भू–भागमा मंगलबार वर्षाको सम्भावना रहेको छ । बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागको भनाइमा मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । भारी वर्षाको समेत सम्भावना रहेकाले नदीको जलसतह बढ्ने, गेग्रान बहाब, बाढीपहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०६:३२
Weather Update