यस्तो छ मंगलबार विदेशी मुद्राको सटही दर [सूची]
![यस्तो छ मंगलबार विदेशी मुद्राको सटही दर [सूची]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा रहेको छ ।
राष्ट्र बैंकले युरो १ को खरिद दर १४४ रुपैयाँ ९३ पैसा र बिक्री दर १४५ रुपैयाँ ५९ पैसा रहेको जनाएको छ । त्यसैगरी पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ १७ पैसा र बिक्री दर १६८ रुपैयाँ ९३ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ०५ पैसा र बिक्री दर ८६ रुपैयाँ ४४ पैसा रहेको छ भने कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० ०६:२०













