News Griha :: न्यूजगृह
मकवानपुरमा आँखा पाक्ने रोगका बिरामी बढे

हेटौँडा— हेटौँडालगायत मकवानपुर जिल्लामा आँखा पाक्ने रोगका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।आँखा पाक्ने रोग लागेपछि हेटौँडा सामुदायिक अस्पतालमा  उपचार गराउनेको संख्या बढ्दै गएको हाे ।

आँखा रातो हुने,  चिलाउने, दुख्ने र आँखाबाट पानी आउने गरेपछि उपचार गराउनेको संख्या अहिले अत्यधिक भएको अस्पताल प्रशासनले जनाएको छ ।

दैनिक दुई सयको हाराहारीमा उपचार गराउन आउने आँखाका बिरामी रहेको सो अस्पतालमा अहिले दैनिक सात सयसम्म आँखा पाक्ने रोगको बिरामी आउने गरेको बताइएको छ ।

अस्पतालका नेत्र विशेषज्ञ डा.सुनिल थकालीले सो अस्पतालमा आँखा पाक्ने रोगको संक्रमणका बिरामी दैनिक करिब सात सयको हाराहारीमा आउने गरेको जानकारी दिए ।

आँखाका बिरामीको संख्या अत्यधिक भएपछि अस्पतालले उपचार कसरी दिने भन्ने विषयमा बैठक बसेर छलफलसमेत भएको उनले बताए । 

 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०६:१३
Weather Update