बाजुरामा रुडी खोलाले बगाउँदा महिला बेपत्ता

बाजुरा— जिल्लाको स्वामी कात्तिक गाउँपालिका–१ मा पर्ने रुडी खोलाले बगाउँदा सोमबार एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बेपत्ता हुनेमा सोही गाउँपालिका–१ मुिक्तकोटकी ६५ वर्षीया गुवा विक रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रविन्द्रसिंह कठायतले जानकारी दिए ।
उनका अनुसार कोल्टीबाट घर फर्किने क्रममा रुडी खोला तर्ने क्रममा बगाएर उनी बेपत्ता भएकी हुन् ।
खोलाले बगाएर बेपत्ता भएको जानकारी हुनासाथ जुड्डी प्रहरी चौकी र मुक्तिकोट अस्थायी प्रहरी पोष्टको टोली खटिई खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कठायतले बताए ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० ०६:०७













