News Griha :: न्यूजगृह
अपडेट : मुगु जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

मुगु— मुगु जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहरा र पिउस परियार रहेका छन् ।

यस्तै गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गापा–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन् ।

त्यस्तै सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहरा पनि घाइते भएका छन् । गमगढी बजार र नेपालगञ्ज जान जीप चढेका पाँच जना हुम्लीमध्ये चार जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको बोलेरो जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो ।

जीप सडकबाट दुई सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०६:०१
Weather Update