शिक्षक महासंघको आन्दोलन : मंगलबार देशभरका इकाईमा धर्ना दिइँदै

काठमाडौं— नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत मंगलबार सबै जिल्ला समन्वय इकाईमा धर्ना दिने भएको छ ।
मंगलबार देशका हरेक जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा सम्बन्धित जिल्लाका शिक्षक तथा कर्मचारी उपस्थित भई ३ घण्टा (११ः०० बजेदेखि २ः०० बजेसम्म) धर्ना दिइने छ ।
धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रतिसहित केन्द्रबाट पठाएको जानकारी पत्र पेस गरिनेछ ।
कार्यक्रमको संयोजन महासंघको जिल्ला समिति तथा यसका आबद्धरसम्बद्ध संस्थाका जिल्ला समितिले गर्नेछन् ।
सरकारले संसदमा टेबुल गर्न लागेको संघीय शिक्षा विधेयक सच्याउनु पर्ने माग राखेर महासंघले आन्दोलन सुरु गरेको हो ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० ०५:५१













