कागबेनीमा बाढीबाट २९ घरमा पूर्ण क्षति

म्याग्दी— मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीको बाढीले पुर्याएको भौतिक संरचनाको सोमबार प्रारम्भिक विवरण संकलन र प्रभावितको व्यवस्थापन गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति, प्रशासन कार्यालय, सुरक्षा निकाय र गाउँपालिकाले आइतबार राति आएको बाढीले पुर्याएको भौतिक संरचनाको क्षति विवरण संकलन र घरवास गुमाएकालाई सुरक्षित ठाउँमा व्यवस्थापन गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष रिनजिङ गुरुङले २९ वटा घर र नौ वटा गोठमा बाढीले पूर्णरूपमा क्षति गरेको जानकारी दिए ।
‘पूर्ण क्षति भएको घर बाढीले बगाउने र लडाउने गरेको छ । बस्नै नमिल्ने बनाएको छ’,उनले भने,‘१३ वटा घरभित्र बाढी पसेर आंशिक क्षति गरेको छ । गोठका गाईवस्तु बाढीमा पुरिएका छन् ।’
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० २१:५१













