News Griha :: न्यूजगृह
सप्तकोशी नदीमा पानीको बहाब घट्दै

इनरुवा— पछिल्लो समय सप्तकोशी नदीमा पानीको बहाब घट्दै गएको छ ।

सोमबार बिहान ४ लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाब रहेकाेमा साँझ ५ बजे गरिएको मापनअनुसार तीन लाख ५७ हजार क्युसेक प्रतिसकेन्ड पानीको बहाब रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

ब्यारेजको ५६ वटै ढोका खोलिएको उनले बताए । सोमबार बिहान ६ बजेको मापनअनुसार चार लाख ५२ हजार सात सय १० क्युसेक प्रतिसेकेन्ड पानीको बहाब मापन गरिएको थियो भने बिहान ८ बजे चार लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाब मापन गरिएको थियो ।

कोशीमा पानीको बहाब उच्च भए पनि कोशीले पूर्वी तटबन्धमा कुनै क्षति नगरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २१:२१
Weather Update