News Griha :: न्यूजगृह
गौर हत्याकाण्डको फाइल खोले उपेन्द्रले सरकार छोड्ने !

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गौर हत्याकाण्डको फाइल खोले सरकारबाट हट्ने चेतावनी दिएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा अध्यक्ष यादवले सो चेतावनी दिएका हुन् । वर्तमान सरकार यादव नेतृत्वको जसपाको पनि समर्थनमा बनेको हो ।

बैठकमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने,‘गौर हत्याकाण्डका बारेमा कुरा उठ्यो । जसपाका साथीहरूले हामीलाई गठबन्धनमा यसरी नै टार्गेट गरिरहने हो भने गठबन्धनमा रहने, नरहने सोच्नुपर्छ भन्ने खालको शंकास्पद कुरा व्यक्त भएको छ । कानूनसम्मत ढंगले टुंग्याउने कुरा भएको छ ।’

१७ वर्षअघि तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले २७ जना माओवादी कार्यकर्ताको पाशविक हत्या गरेका थिए । मारिनेमध्ये वाईसीएलमा आबद्ध युवा र युवतीहरू धेरै थिए । यसमा संलग्नहरूमाथि अहिलेसम्म कुनै कारबाही भएको छैन ।

तत्कालीन मधेसी जनअधिकार फोरमकाे नेतृत्वमा उपेन्द्र यादव थिए ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २०:४२
Weather Update