News Griha :: न्यूजगृह
महराबारे गृहमन्त्रीले गठबन्धन बैठकमा भने— फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न सकिन्न

काठमाडौं— सुन तस्करी प्रकरणमा मुछिएका सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराबारे सत्ता गठबन्धन बैठकमा छलफल भएको छ ।

बैठकमा महराबारे कुरा उठेको र गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न नसकिने बताएको सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

गृहमन्त्री श्रेष्ठले महराबारे अनुसन्धान जारी रहेको कुरा बैठकमा राखेको पाण्डेले जनाए ।

उनले भने,‘सुन तस्करी प्रकरणमा पूर्वसभामुखको पनि नाम जोडियो । के हो ? भनेर कुरा राख्यौँ । जसमा गृहमन्त्रीले अनुसन्धानको क्रममा रहेको र फोनकै आधारमा दोषी हो भन्न नसकिने कुरा गर्नुभएको छ ।’

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २०:२६
Weather Update