ललिता निवास प्रकरण : सीआईबीले लियो पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग बयान

काठमाडौं— बालुवाटारको ललिता निवास सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ । सीआईबीले पौडेलसँग आइतबार दिउँसो बयान लिएको हो ।
पौडेलले बयानमा आफू मुख्यसचिव हुनुअगावै ललिता निवाससम्बन्धी विषय मन्त्रिपरिषद्मा पेस भइसकेको र त्यसमा आफ्नो कुनै भूमिका नरहने दाबी गरेका छन् ।
उनले मुख्यसचिवको भूमिका कार्यकारी नभएको र तत्कालीन सचिवबाट टिप्पणी उठेर आएको फाइल आफूले सदरमात्र गरेको बयान सीआईबीलाई दिएका छन् । तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारी थिए ।
पौडेल २०६९ सालमा डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा मुख्यसचिव थिए ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १९:५५