
काठमाडौं— अर्थविद्समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन् ।
शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका हुन् । उनले पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको बताए ।
उनले पैसाका कारण लोकतन्त्र पनि पनि विकृत हुँदै गएको बताए । उनले भने,‘कुशासनका कुराहरू छन्, पैसा कहाँबाट आउँछ, पैसाले राजनीतिलाई कसरी मलजल गरिरहेको छ, लोकतन्त्रलाई विकृत बनाइरहेको राजनीतिमा पैसाको भूमिका कस्तो छ ? भन्नेकुरा जोडिएको छ । अन्य परम्परागत पार्टी, पुराना पार्टीमा टिकटको किनबेच, यहाँ कुनैपनि हस्तक्षेप भएन । हामी ढुक्कले उम्मेदवार बुझ्नसक्यौँ । अन्य पार्टीमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ । झनै मालदार मन्त्रीका लागि कस्तो हुन्छ ? मालदार मन्त्रालयमा त १०औं करोडको डिल हुन्छ भन्ने छ । यसले टिकट पाउनकै लागि त्यत्रो महंगो भयो भने चुनावी खर्च कति हुन्छ ? सत्तामा पुगिसकेपछि झन् के हुन्छ ? त्यसैले यो पैसाले हाम्रो राजनीतिलाई असाध्य विकृति बनाइरहेको छ ।’
डा.वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेको उत्तराधिकारीका रुपमा आफू तनहुँबाट विजयी हुने दाबी गरे । उनले आफू पछि फर्किने नभइ अघि बढ्नका लागि नै रास्वपा प्रवेश गरेको बताए ।













