News Griha :: न्यूजगृह
डा.गोविन्द केसीले भदौ २९ गतेदेखि सत्याग्रह सुरु गर्ने

काठमाडौं— मेडिकल शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले भदौ २९ गतेदेखि अनशन बस्ने घोषणा गरेका छन् ।

चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्तिलगायतका माग राखेर डा.केसी अनशन बस्न लागेका हुन् ।

सीटीईभीटीले पछिल्लो समय निजी कलेजको फाइदाका लागि गरेको निर्णय खारेजी र चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्तिको माग गर्दै अनशन घोषणा गरिएको केसीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

केसीले भनेका छन्,‘हाललाई सरकारले औपचारिक रूपमा प्रतिबद्धताहरू कार्यान्वयनका लागि समय मागेकाले हामीले आजका लागि घोषणा गरेको सत्याग्रह एक महिनाका लागि स्थगित गरेका छौं । उक्त समयमा प्रतिबद्धताअनुसार मागहरू पूरा भएर कार्यान्वयनमा नगएमा भदौ २९ गतेदेखि सत्याग्रहलगायत आन्दोलनका कडा कार्यक्रमहरू सुरु गर्ने पनि जानकारी गराउन चाहन्छौं ।’

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १८:५७
Weather Update