News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै 

काठमाडौं— सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ ।बैठक बिहान ११ बजे संघीय संसद् भवन ल्होत्से हल बानेश्वरमा हुनेछ ।

बैठकमा महामन्त्री, उपसभापति र सभापतिले आ–आफ्नो धारणा राख्ने छन् । उनीहरूले धारणा राखेपछि बैठक सम्पन्न हुनेछ ।

आइतबारको बैठकमा ३० सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकले सांसद सुनिल शर्मा पक्राउ प्रकरण, सुन तस्करी प्रकरणको छानबिनदेखि सरकारको कामकारवाहीका विषयमा धारणा प्रस्ट पार्ने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०६:४०
Weather Update