News Griha :: न्यूजगृह
कागबेनीमा बाढी पस्यो, भौतिक संरचनामा ठूलो क्षति

म्याग्दी— मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । आइतबार साँझदेखि आएको बाढीले यहाँका घर,सडक एवम् सार्वजनिक भवनमा क्षति पुर्‍याएको हो ।

गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलामा आएको बाढी पसेर घर, सडक, सार्वजनिक भवन र पुलमा क्षति गरेको हो ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले करिब एक सय घरधुरी रहेको कोगबेनीको बीच बस्तीमा कागखोलाको बाढी पसेको जानकारी दिए । मानवीय क्षति नभए पनि भौतिक संरचनामा धेरै क्षति भएको अध्यक्ष गुरुङले बताए ।

कागबेनीभन्दा केही माथि रहेको तिरिखोला थुनिएर बाढी आएको गाउँपालिकाले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधिहरु उद्धारमा परिचालन भएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०६:०४
Weather Update