मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्यो
तनहुँ— तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतहको सतर्कता तह पार गरेको छ ।
दुई दिनदेखि परेको वर्षाका कारण नदीले सतर्कता तह पार गरेको हो ।
सतर्कता तह पार गरेकाले मर्स्याङ्दी नदीमा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा सोमबार दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार नदीको सतह १० दशमलव १७ मिटरभन्दा माथि आएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० २२:०८













