News Griha :: न्यूजगृह
सप्तकोशीमा जलसतह उच्च, सतर्कता अपनाऔं : बाढी पूर्वानुमान महाशाखा

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सप्तकोशी नदी चतरामा जलसतह बढ्दो क्रममा रहेको जनाएको छ ।

आइतबार साँझ महाशाखाले जलसतह बढ्दो क्रममा रहेको जनाउँदै सतर्कता तह ६ मी. नजिक पुगेको जनाएको छ ।

महाशाखाका अनुसार तमोर, सुनकोशी र अरूणमा पनि  जलसतह बढेको छ ।

उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले सोमबार बिहान ८ बजेसम्मै उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १८:५१
Weather Update