News Griha :: न्यूजगृह
कोठा भाडा नतिरी सागर ढकाल सम्पर्कविहीन, घरधनी भन्छन्– भाडा नतिरे प्रहरीकोमा जान्छौँ

धनगढी— प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले आफू बसेको कोठा भाडा नतिरेको पाइएको छ । डडेल्धुरामा कोठा भाडा लिएका स्वतन्त्र उम्मेदवार सागर ढकालले आठ महिनादेखिको भाडा नतिरेको पाइएको हो ।  

उनका घरधनी सीतादेवी भाटका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका–५ मा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेका हुन् । कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ ।

Prabhu Bank

‘महिनाको तीन हजारका दरले भाडा हो । सुरुका तीन महिनाको भाडा नौ हजार दिनुभयो । असोज देखिको आठ महिनाको बाँकी छ,’ उनले भनिन्, ‘पटक–पटक फोन सम्पर्क गर्दा नउठाउने र आजभोलि मोबाइल नै अफ गरेर बस्नुभएको छ ।’

भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटले बताइन् । सागरका भाइ जनक ढकालका अनुसार सागर ढकाल दुई महिनादेखि साउथ सुडानमा छन् ।

तर, यस विषयमा सागर ढकालसङ्ग कुरा गर्दा उनले कुनै प्रतिक्रिया दिएका छैनन् ।

गतवर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ढकाल पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासँग पराजित भएका थिए । देउवाले २५ हजार ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार ढकालले १३ हजार ४२ मत ल्याएका थिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १६:१५
राजनीति
विशेष
Weather Update