News Griha :: न्यूजगृह
पहिलेको खर्क अहिले बन्यो पर्यटकको गन्तव्य
पहिलेको खर्क अहिले बन्यो पर्यटकको गन्तव्य म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्ण गाउँवासीले पशुचौपायाको गोठ लैजाने गर्थे। टोड्के  पहिले पहिले खर्कका रुपमा परिचित थियो।रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्के पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ। 
६ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् ३००० बढी पर्यटक
६ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् ३००० बढी पर्यटक विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल। वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो। समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूमि पनि भन्छन्। 
सञ्चालनमा आयो तिलिचो ताल पुग्ने नयाँ पदमार्ग, यस्तो छ रूट
सञ्चालनमा आयो तिलिचो ताल पुग्ने नयाँ पदमार्ग, यस्तो छ रूट मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ। समुन्द्रि सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो।
उपल्लो मुस्ताङको अर्धनिषेधित क्षेत्र हटाउन माग
उपल्लो मुस्ताङको अर्धनिषेधित क्षेत्र हटाउन माग उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउने यहाँको पछिल्लो समयको राजनीतिक मुद्दा बनेको छ। 
पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको ध्ये गाउँ
पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको ध्ये गाउँ दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ। गाउँ रित्तिँदै जानुको कारण हो, पानीको अभाव। जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरू बस्ती छाड्न बाध्य भए।
सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला
सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् । 
पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ
पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा। डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू। बीचमा सडक। भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल। झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू।
पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’
पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’ समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी। कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुङ्गी र जनावरहरुको आवाज। 
जलवायु परिवर्तनको चपेटामा मुस्ताङ 
जलवायु परिवर्तनको चपेटामा मुस्ताङ  सरकारले मुस्ताङमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि ५० करोडको कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही कात्तिक १ गते राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जोमसोममा आयोजना गरेको ‘जलवायु संवाद’ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वन तथा वातावरणमन्त्री वीरेन्द्रकुमार महतोले सो बजेट उपलब्ध गराउने घोषणा...
Weather Update