अबुधाबी र दुबईमा भीषण वर्षाबिहीबार, वैशाख २०, २०८१
सलमानको घर बाहिर गोली हान्ने एक आरोपितले हिरासतमा गरे आत्महत्या बुधबार, वैशाख १९, २०८१ बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक आरोपितले हिरासतमा आत्महत्या गरेका छन्।समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक आरोपितले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको अस्पताल लगिएको थियो। जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरेका छन्।
चीनमा राजमार्ग भासियो, कम्तीमा १९ जनाको मृत्यु बुधबार, वैशाख १९, २०८१ दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए।
भारत निर्वाचनः भाजपाले गर्यो नेपालका पाँच दललाई निम्तो बुधबार, वैशाख १९, २०८१ भारतमा जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहित विभिन्न १० देशका १८ राजनीतिक दलहरुलाई निम्तो दिइएको छ। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहित विभिन्न देशका राजनीतिकहरुलाई निम्ता दिएको हो।
कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ सैनिकको मृत्यु मंगलबार, वैशाख १८, २०८१ उत्तरी कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ सेनाको मृत्यु भएको छ।
पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज मंगलबार, वैशाख १८, २०८१ भारतको उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ। उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो।रामदेव, आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध पनि लागूऔषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ। लाइसेन्स...
इजरायल र हमासबीच युद्धविरामको संकेत मंगलबार, वैशाख १८, २०८१ ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ।हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ।
अफगानिस्तानमा दुई करोड ३७ लाई मानवीय सहायता आवश्यक सोमबार, वैशाख १७, २०८१ सन २०२४ मा अफगानिस्तानमा एक करोड २३ लाख बालबालिकासहित दुई करोड ३७ लाख मानिसलाई मानवीय सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनीसेफ) ले जनाएको छ।
यूएईले विश्वकै सबैभन्दा ठूलो विमानस्थल बनाउँदै, कति हुनेछ वार्षिक यात्रु क्षमता? सोमबार, वैशाख १७, २०८१ युनाइटेड अरब इमिरेट्स (यूएई) ले अब विश्वकै ठूलो विमानस्थल निर्माण गर्न लागेको छ। विश्वकै ठूलो र भव्य बनाउन लागिएको विमानस्थलको नाम ‘अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थल’ दिइएको छ। आइतबार दुबईका शासक शेख मोहम्मद बिन रसिद अल–मकतुमले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने बताए ।
चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि एलन मस्क बेइजिङबाट प्रस्थान सोमबार, वैशाख १७, २०८१ आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्यांक सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवं टेस्लाका प्रमुख कार्यकारी (सीर्ईओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गरेका छन्।
नाभाल्नीको मृत्युमा पुटिनको संलग्नता देखिएनः अमेरिकी गुप्तचर सोमबार, वैशाख १७, २०८१ संयुक्त राज्य अमेरिकाका गुप्तचर अधिकारीहरूले एलेक्सी नाभाल्नीको मृत्युमा भ्लादिमिर पुटिनको हात नरहेको जनाएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार रूसी राष्ट्रपति पुटिनले जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीको गत फेब्रुअरीमा आर्कटिक जेल शिविरमा मृत्यु भए पनि उनलाई मार्ने योजना पुटिनले नबनाएको उल्लेख गरिएको छ।
चीनमा भीषण आँधी, ५ को मृत्यु, १४१ कलकारखानामा क्षति सोमबार, वैशाख १७, २०८१ चीनको दक्षिणी शहर ग्वाङझाउमा सप्ताहन्तमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ। सो आँधीबेहरीमा परी दर्जनौं घाइते भएका छन भने यतिखेर धमाधम मानिशहरूले शहर र घर सरसफाइ गरिरहेका छन्।राज्य मिडियाद्वारा प्रकाशित हवाई तस्बिरहरूले शनिबार दिउँसो एक गर्जनको समयमा ग्वाङझाउको बाईयुन जिल्लामा धेरै समुदायहरूमा आँधीबेहरी आए पछि विनाशको...
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु आइतबार, वैशाख १६, २०८१ नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा संक्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन्।