भारतको लोकसभा निर्वाचन: छैटौँ चरणको मतदान आजशनिबार, जेठ १२, २०८१
संयुक्त राष्ट्रसंघ अदालतको आदेश: रफाहमा इजरायलले आक्रमण तुरुन्त रोकोस् शुक्रबार, जेठ ११, २०८१ 'इजरायलले तुरुन्तै रफाहमा आफ्नो सैन्य आक्रमण र गाजामा प्यालेस्टिनी समूहलाई पूर्ण वा आंशिक रूपमा भौतिक विनाश ल्याउन सक्ने अन्य कुनै पनि कारबाही रोक्नुपर्दछ,' अन्तर्राष्ट्रिय अदालतका अध्यक्ष न्यायाधीश नवाफ सलामले आदेश सुनाउदै भने।
इमरान खानको पार्टी कार्यालयमा डोजर चलाइयो शुक्रबार, जेठ ११, २०८१ पाकिस्तानका पूर्र्व राष्ट्रपति इमरान खानको तहरीक–ए–इन्साफ (पीटीआई)को कार्यालयमा डोजर चलाइएको छ। राजधानी विकास प्राधिकरणले इस्लामाबादमा रहेको पाकिस्तान पीटीआईको केन्द्रीय सचिवालयको एक भाग ध्वस्त पारेको छ।
ताइवानलाई घेरा हालेर चिनियाँ सेनाको युद्ध अभ्यास बिहीबार, जेठ १०, २०८१ यसअघि ताइवानमाथि मात्रै आर्थिक नाकाबन्दी लगाउँदै आएको थियो। वास्तवमा, ताइवानमा यस वर्ष जनवरीमा भएको राष्ट्रपतीय चुनाव अघि चीनले उम्मेदवार लाइ चिङ टेलाई पृथकतावादी भनेको थियो। तर, चीनको धम्कीका बाबजुद पनि ताइवानमा चिनियाँ विरोधी नेता लाइ चिङ टे विजयी भएका थिए। चीनको यस अभ्यासमा लडाकु विमान र धेरै नौसेना युद्धपोतहरू संलग्न...
इरानका राष्ट्रपतिको आज अन्त्येष्टि गरिने बिहीबार, जेठ १०, २०८१ हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको बिहीबार उनको गृहनगरमा अन्त्येष्टि गरिने भएको छ।बाँध उद्घाटन गरी फर्कने क्रममा आइतबार देशको उत्तरपश्चिम हिमाली क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीय रायसीसहित इरानी विदेशमन्त्री र अन्य ६ जनाको मृत्यु भएको थियो।
बेलायतमा जुलाई ४ मा आम निर्वाचनको घोषणा बिहीबार, जेठ १०, २०८१ बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमनिर्वाचन हुने घोषणा गरेका छन्।बुधबार प्रधानमन्त्री सुनकले संसद् भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउँदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन्।
युक्रेनी क्षेत्रमा रुसले सुरु गर्यो आणविक हतियारको परीक्षण बुधबार, जेठ ९, २०८१ युक्रेन युद्ध बीचमा रुसी सेनाले इस्कान्डर र किन्जल मिसाइलको प्रयोग गरी रणनीतिक आणविक परीक्षण सुरु गरेको छ। रुसी रक्षा मन्त्रालयले मंगलबार यी परीक्षणहरू युक्रेनको दक्षिणी सैन्य क्षेत्रमा भइरहेको बताएको छ। यो क्षेत्र एकदम ठूलो छ। रुसले परीक्षणहरू कहाँ भइरहेको छ भन्ने ठ्याक्कै बताएको छैन ।
भारतमा बंगलादेशका सांसद मृत भेटिए बुधबार, जेठ ९, २०८१ समाचार एजेन्सी एएनआईका अनुसार सांसद अनवरुल मे १२ मा उपचारका लागि कोलकाता आएका थिए। भोलिपल्टै उनी बेपत्ता भएका थिए। उनको फोनसमेत अफ भएको थियो। यसपछि १७ मे मा बिहारको कुनै इलाकामा उनको फोन केही समयको लागि स्वीच अन भयो। प्रहरीका अनुसार उनको फोनबाट उनको परिवारका सदस्यहरूलाई नयाँ दिल्ली गएको सन्देश...
गाजामा सहायता आपुर्ति प्रतिबन्ध हटाउन इजरायललाई डब्लूएचओको आग्रह बुधबार, जेठ ९, २०८१ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयसुसले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा नाकाबन्दी हटाउन आग्रह गरेका छन्। उनले गाजाको युद्ध क्षेत्रमा करिब ७०० जना गम्भीर बिरामी फसेका बताउँदै चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराए।
इरानका राष्ट्रपति रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा मंगलबार, जेठ ८, २०८१ इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा भेला भएका छन्। रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको हो । इरानले देशमा पाँच दिने शोकको घोषणा गरेको छ ।रायसीको पार्थिव शरीरलाई बिहीबार साँझ उनको जन्मस्थल मशहदमा दाहसंस्कार गरिने छ । इरानमा रायसीलाई बिदाइ गर्न धेरै कार्यक्रम आयोजना गरिने छ ।
इरानको कार्यवाहक राष्ट्रपतिमा मोख्बर नियुक्त, यस्तो छ उनको विगत मंगलबार, जेठ ८, २०८१ इरानको कार्यवाहक राष्ट्रपतिमा उपराष्ट्रपति मोहम्मद मोख्बर नियुक्त भएका छन्। राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको हो। ६८ वर्षीय मोख्बर इरानको शिया धर्मतन्त्रमा अन्य राजनीतिक नेताहरूको तुलनामा धेरै हदसम्म चर्चाबाट टाढा रहने व्यक्ति हुन्। रइसीको मृत्युपछि मोख्बर एक्कासी अगाडि आएका हुन्। उनले इरानमा राष्ट्रपतीय निर्वाचन...
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ मंगलबार, जेठ ८, २०८१ इजरायलले गाजामा रहेको रफाह हमासको अन्तिम गढ रहेको बताएको छ। संयुक्त राष्ट्रसंघको अनुमान अनुसार इजरायली सेनाले राफाहमा गरेको अभियानपछि करिब आठ लाख मानिसले इलाका छाडेका छन्। अमेरिकाले इजरायललाई राफाहमा सैन्य कारबाही नगर्न दबाब दिएको थियो।
भारतको छत्तीसगढमा मजदुर सवार गाडी दुर्घटना, १८ जनाको मृत्यु सोमबार, जेठ ७, २०८१ चार मजदुर घाइते छन्। उनीहरूको अवस्था चिन्ताजनक रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।