काठमाडौं, नेपाल
English
सामाजिक संजाल
fffff

यात्रा गर्दै हुनुहुन्छ ? आज यी सडक अवरुद्ध छन्

Newsgriha
१७ भदौ २०७९
काठमाडौं– अविरल वर्षापछि खसेको पहिरोका कारण दार्चुला, पाल्पा र चितवनमा सडक अवरुद्ध भएका छन् । 

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित गोकुलेश्वर–दार्चुला सडकखण्डमा बिहीबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

पाल्पाको तिनाउ गाउँपालिका–५ हिउदेखोलास्थित सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । 

चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा अविरल वर्षाको कारण शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।     
प्रहरीले स्थानीय निकायसँगको समन्वयमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

ट्यागहरू

सडक अवरुद्ध