काठमाडौं, नेपाल
English
सामाजिक संजाल
fffff

ऊ हराएको छैन, ऊ बगिरहन्छ, यो धर्ति, आकाश रहे सम्मः बालेन साह

Newsgriha
७ असोज २०७९
काठमाडौं– काठमाडौं महानगरपालिका केहि दिनयता टुकुचा नदीको उत्खनन्मा लागेको छ । टुकुचा खोलामाथि बनाइएका संरचना महानगरले धमाधम भत्काउन सुरु गरेको छ । तर, घरधनीहरुले संरचना भत्काउन रोकको माग गर्दै अदालतमा रिट हालेका छन् ।

घरधनीहरुले रिट हालेपछि उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनाइएका संरचना भत्काउने विषयमा कारण देखाउ आदेश जारी गरेको छ । 
अदालतको आदेशपछि काठमाडौं महानगरका मेयर बालेन साहले अदालतमाथि प्रश्न उठाउनु भएको छ । 

उहाँले लेख्नुभएको छ ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले टुकुचा (इच्छुमती) नदिलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’ 

यस्तै, उहाँले कविता समेत लेख्नुभएको छ । 

‘ऊ हराएको छैन,
ऊ बगिरहन्छ ,
तिम्रो सास रहे सम्म,
तिम्रो आस रहे सम्म,
तिम्रो अर्थी सेलाईन्जेल , 
हाम्रो लाश बहे सम्म,
निरन्तर , निर्बिरोध , निर्दोश 
यो धर्ति, आकाश रहे सम्म ।’ 

यस अगाडि नर्भिक अस्पतालले बनाएको अवैध संरचना भत्काउन जाँदा अदालतले नभत्काउन आदेश दिएपछि बालेनले अदालतमाथि कटाक्ष गर्नुभएको थियो ।  उक्त कटाक्षले अदालतको अवहेलना भएको भन्दै उहाँविरुद्ध सर्वोच्चमा मुद्दा समेत परेको छ । 

ट्यागहरू

बालेन साह