काठमाडौं, नेपाल
English
सामाजिक संजाल
fffff

रवी लामिछाने प्रति कटाक्ष गर्दै ओलीले भने– राजनीति रमाइलो गर्ने ठाउँ होइन

Newsgriha
८ मंसिर २०७९
काठमाडौं– एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई रमाइलोको रुपमा नलिन आग्रह गर्नुभएको छ । 

४ मंसिरमा सम्पन्न निर्वाचन परिणामलाई लक्षित गर्दै उहाँले कतिपय मानिसले राजनीतिलाई रमाइलोको रुपमा लिएको भन्दै त्यसो नगर्न आग्रह गर्नुभएको छ ।    

झापा ५ बाट अत्याधिक मतले विजयी भएपछि प्रमाणपत्र लिन पुगेका ओलीले राजनीतिमा युवाको आकर्षण नभएको भन्ने भनाइ पछिल्लो निर्वाचनको मतपरिणामले गलत साबित गरिदिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘जानेर नजानेर वा भवितव्यले कतिपय विजयी भएका छन् । राजनीति रमाइलोको रुपमा नलिऔं, यो गम्भीर विषय हो ।’ उहाँले धेरैजसो स्थानमा निश्पक्ष र शान्तिपूर्ण ढंगमा निर्वाचन गराउन सफल निर्वाचन आयोग र सम्बन्धित सबैलाई धन्यवाद पनि दिनुभयो । 

सो अवसरमा उहाँले आम मतदाताले पनि मतदान गर्दा ख्याल गर्नु पर्ने बताउनुभयो ।  मतदाताप्रति नै आसंका गर्दै उहाँले भन्नुभयो– ‘यसपटक मतदाताले नबुझेको हो की, हामीले बुझाउन नसकेका हौ की । मतदाता सुध्रिनु पर्ने हो की जस्तो लागेको छ ।’ 

उहाँले निर्वाचन पाँच वर्षको लागि मात्रै नभएर यसको परिणाम लामो समयसम्म रहने बताउनुभयो । यही पाँच वर्षमा गलत काम भए पुस्ता पुस्तासम्म असर पर्ने उहाँको भनाइ छ । 

उहाँले मतदाताले यस निर्वाचनमा कसैलाई पनि बहुमत नदिएको बताउनुभयो ।  मतदाताकै कारण अब फेरि सरकार गठनमा मोलतोल, भागबण्डाको खेल सुरु हुने बताउनुभयो । 

कार्यक्रममा बुथ क्याप्तर र धाधली भएका स्थानमा पुनः मतदान गराउन निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराउनुभयो । 

ट्यागहरू

केपी शर्मा ओली