काठमाडौं, नेपाल
English
सामाजिक संजाल
fffff

एमाले र माओवादीको सरकार बन्ने सम्भावना, ओलीले प्रचण्डलाई फोन गरेर के भने ?

Newsgriha
८ मंसिर २०७९
काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गर्दै सहकार्य गरेर जाने संभावनाबारे जिज्ञासा राख्नुभएको छ ।

चुनाव जितेपछि बधाई दिनका लागि ओलीले गरेको टेलिफोनका क्रममा उहाँले पुरानो तिक्तता भुलेर आगामी दिनमा सहकार्यबारे कुरा गर्नुभएको थियो ।  

दाहालको सचिवालयले पनि टेलिफोन संवाद भएको पुष्टि गरेको छ । ’अध्यक्ष ओलीको चासो आगामी दिनका कसरी जाने भन्ने विषयमा रहेको थियो’ दाहालका स्वकीय सचिव रमेश मल्लले  भन्नुभयो । 

नेकपाको विभाजनपछि दुवै नेताहरु तिक्कतापूर्ण सम्बन्ध रहँदै आएको थियो । २०७७ माघमा नेकपा विभाजन भएपछि अमेरिकाको मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा संसद्मा विवाद भएको समयमा दुवै नेताबीच भेटघाट भएको थियो । 

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र देउवाले अध्यक्ष दाहाललाई टेलिफोन गरेर बधाई दिनुभएको थियो ।