काठमाडौं, नेपाल
English
सामाजिक संजाल
fffff

अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गयो

Newsgriha
८ साउन २०७९
अर्घाखाँची– अर्घाखाँचीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शतिगंगा नगरपालिका(१२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षका विक्रम खनालको मृत्यु भएको हो ।

अर्घाखाँचीको मालारानी गाउँपालिका– ४ मखात घर भई हाल बुटवल बेलवासमा बस्दै आएका खनालको उपचारको क्रममा सामुदायिक अस्पताल कपिलवस्तुमा मृत्यु भएको  इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिनुभयो । 

खोलामा डुबेर अचेत भएका खनाललाई तत्कालै उद्धार गरी उपचारको लागि लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको निरीक्षक रेग्मीले बताउनु भयो ।